राजनीति

सांसदलगायतका स्वाब संकलन


काठमाडौँ– कोभिड–१९ संक्रमण दिनहुँ बढिरहँदा बुधबार संसद् सचिवालयले संसद् बैठकमा सहभागी हुने नेताहरूसँगै पत्रकारको पनि पीसीआर जाँचका लागि स्वाब संकलन गरिएको छ। संघीय संसद् सचिवालयले आगामी २७ गतेको प्रतिनिधिसभा बैठकको तयारी गर्दै सांसद लगायत बैठकमा आवश्यक सम्पूर्ण जनशक्तिहरुको स्वाब परिक्षण गरिएको हो ।

मन्त्रिपरिषद्को गत आइतबारको बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गते सोमबार दिउँसो १ बजेका लागि प्रतिनिधि सभाको अधिवेशन आह्वान गर्नुभएको थियो । प्रतिनिधि सभाको विशेष अधिवेशन नजिकिँदै गर्दा सहभागी हुने सांसदहरूको पीसीआर परीक्षण गरिएको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने तयारी गर्नुभएको छ ।