राजनीति

ओलीको एक तीर दुई निशाना, कांग्रेस र माओवादीलाई विफल बनाउन विश्वासको मत माग्ने निर्णय (भिडियोसहित)

??????????????? ??????????????????????????????????????? ?????????????????? ???????????????????????? ??????????????????????????????????????? ??????????????? ?????? ????????? ????????? ???????????????????????? ??????????????? ????????????????????? ??????????????????????????? ?????? ?????????????????? ??????????????????????? ??????????????? ????????????????????? ???

योहो संवाददाता

काठमाडौँ – आफुविरुद्ध अविश्वासको प्रस्ताव आउने सुईको पाएर संसदको हिउँदे अधिवेशन अन्त्य गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते विश्वासको मत माग्न संसद् प्रवेश गर्दैछन् । तर प्रधानमन्त्री ओलीको कदमलाई लिएर विपक्षी दलमा भने आशंका र अन्योलता बढेको छ ।
झन्डै दुई तिहाइ बहुमतसहित सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओली अल्पमतमा पर्ने निश्चितजस्तै भएका बेला आफ्नै शक्ति परीक्षण गर्न वैशाख २७ गते संसद् छिर्दै छन् ।विपक्षीहरुले अविश्वासको प्रस्ताव लगाउनघनिभूत तयारी गरिरहेकै बेला प्रधानमन्त्री ओलीले संसद्मा विश्वासको मत माग्ने हिम्मत देखाएका हुन् । जसलाई लिएर विपक्षीहरु सशंकित छन् नै सत्तारुढ एमालेकै माधव पक्ष समेत अन्योलमा परेको छ । किनभने अहिलेको राजनीतिक परिस्थिति र संसदीय अंक गणितमा ओलीले सहजै विश्वासको मत पाउने अवस्था छैन । तरपनि हालसम्म देखिएको राजनीतिक गतिरोधको फाइनल ब्याटल अब वैशाख २७ मा हुने निश्चित जस्तै बनेको छ ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने निर्णय गरेसँगै बहुमत सांसद्को साथ पाए ओली सरकारले निरन्तरता पाउनेछ भने अल्पमतमा परेमा कि देउवाको नेतृत्वमा सरकार बन्नेछ, कि ओलीकै नेतृत्वमा चुनावमा जाने छिनोफानो हुनेछ । ओली यी विकल्पको लागि तयार भएर नै वैशाख २७ गते संसद भवनमा जाने निधो गरेको देखिन्छ । पुनःस्थापित प्रतिनिधिसभाको एउटा पनि बैठकमा भाग नलिएका प्रधानमन्त्री ओली मुलुकलाई चुनावमै लैजाने कसरतका अघि बढेको र आफूले चालेका कदम सही थियो भन्ने प्रमाणित गर्न लागिपरेको कतिपयको विश्लेषण छ । यद्यपी यसका लागि कांग्रेस सभापति शेरबहादुर देउवाको समेत साथ रहेको माओवादी केन्द्रका नेताहरु बताउँछन् । देउवाकै साथ पाएर ओली मुलुकलाई निर्वाचनमा लैजान लागिपरेको उनीहरुको भनाई छ ।

संसदीय अंकगणितलाई हेर्दा प्रधानमन्त्री ओलीको दल एमालेका १ सय २१ सांसदछन् । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १ सय ३८ जना चाहिने भए पनि ५ सांसद पद रिक्त भएकाले १ सय ३६ सांसद भए पुग्छ । जसपाका ३२ मध्ये १८ जना सांसद ओलीविरुद्धको गठबन्धनमा देखिएका छन् । बाँकी १४ सांसदले ओलीको पक्षमा मत दिने तयारी गरेका छन् । तर त्यतिले पनि उनलाई विश्वासको मत पुग्दैन । साथै एमालेभित्रकै असन्तुष्ट माधव पक्षका ३५ सांसदले फ्लोर क्रस गर्ने अनुमान पनि गरिएको छ । ओलीले विश्वासको मत प्राप्त गरेनन् भने प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने हुन्छ । तर त्यसअगाबै थप कदम चाल्न सक्ने सम्भावनालाई नकार्न सकिदैन । किनकि सत्ता टिकाउनजुनसुकै हदसम्म जानसक्ने प्रधानमन्त्री ओलीले एक तीर दुई निसानाको संकेत देखाएरै विश्वासको मत माग्ने चतु¥याईँ गरेको देखिन्छ ।