कोरोना विशेष

बिहीबार राती १२ बजेदेखि २९ गते राती १२ बजेसम्म अत्यावश्यक वाहेक हिँडडुलमा रोक


काठमाडौँ– कोरोना सङ्क्रमणको कम गर्न थप कडाइ गर्दै उपत्यकास्थित प्रमुख जिल्ला अधिकारीहरूको बैठकले हिँडडुलमा समेत प्रतिबन्ध लगाउने निर्णय गरेका छन् ।

काठमाडौँ, भक्तपुर र ललितपुरका सिडियोहरुको बैठकले भोलि बिहीबार राती १२ बजेदेखि २९ गते राती १२ बजेसम्म अत्यावश्यक अवस्थामावाहेक हिँडडुलमा रोक लगाउने निर्णय गरेको हो । यसबारे औपचारिक निर्णय केही बेरमा सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

त्यसै गरी भोलि रातीदेखि नै सबै खाले पास खारेज गरिएको छ ।