राजनीति

नेता पौडेलको स्वास्थ्यमा समस्या, बैठक स्थगित


काठमाडौँ – आज दुई बजे पार्टी सभापति शेरबहादु देउवा निवास बुढानीलकण्ठमा बस्ने भनिएको नेपाली कांग्रेस पदाधिकारी बैठक स्थगित भएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या आएसँगै आजको बैठक स्थगित गरिएको र स्थगित बैठक भोलीको लागि सारेको कांग्रेस सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जनाउनु भएको छ । बैठकमा प्रतिनिधिसभाको विशेष अधिवेशन, प्रधानमन्त्रीले लिने विश्वासको मतलगायतका विषयमा छलफल हुने नेताहरूले बताएका थिए । कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय यसअघि नै गरिसकेको छ । प्रधानमन्त्रीको पक्षमा विश्वासको मत पुग्न नदिने रणनीति अख्तियार गरिने कांग्रेस नेताहरूले बताएका थिए ।