कोरोना विशेष

कांग्रेस प्रवक्ता शर्मालाई कोरोना पुष्टि


काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
स्टार अस्पतालमा गरिएको स्वाव परीक्षणमा शर्मालाई कोरोना संक्रमण पुष्टि भएको हो । ज्वरो र जीउ दुखाई बढेपछि शर्माले आइतबार स्वाव दिनुभएको थियो । परीक्षणको रिपोर्ट सोमबार आएको हो । चिकित्सकको निर्देशनअनुसारको औषधि सेवा सुरु गरेको उहाँले बताउनुभएको छ । लक्षणले च्यापेपनि मनोवल उच्च रहेको उहाँले बताउनुभएको छ । उहाँ डेरामै आइसोलेसनमा रहुनभएको छ । सवैलाई सजग बन्न उहाँले आग्रह गर्नुभएको छ ।