विदेश

ममता बेनर्जी आफ्नै चुनावी क्षेत्रमा पराजित


काठमाडौँ – भारत पश्चिम बंगालको विधानसभा चुनावमा आफ्नो पार्टीलाई शानदार जित दिलाउने ममता बेनर्जी भने आफ्नो चुनाव क्षेत्रमा पराजित भएकी छिन् ।
विधानसभाको नन्दीग्राम क्षेत्रबाट उम्मेदवार बनेकी मुख्यमन्त्री तथा तृणमुल कांग्रेसकी नेतृ बेनर्जी पराजित भएकी हुन् । भारतीय जनता पार्टी भाजपाका शुभेन्दु अधिकारीले बेनर्जीलई पराजित गरेका हुन् । तृणमुल कांग्रेसकी प्रमुख बेनर्जीका पूर्व सहयोगी रहेका तथा चुनावअघि भाजपामा प्रवेश गरेका अधिकारी नन्दीग्राममा विजयी भएका हुन् । अधिकारीले बेनर्जीलाई १९ सय ५६ मतले पराजित गरेका छन् । सन् २०१६ को विधानसभा चुनावमा पनि नन्दीग्राम क्षेत्रमा अधिकारी नै विजयी भएका थिए । त्यो बेला उनी बेनर्जीका विश्वास पात्र तथा तृणमुल कांग्रेसका महत्वपूर्ण नेता थिए ।