समाचार

विश्वासको मत लिन राष्ट्रपतिद्वारा प्रतिनिधिसभाको अधिवेशन आह्वान


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले वैशाख २७ गते सोमबार दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गर्नुभएको हो । राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्रीले नेपालको संविधानको धारा १०० को उपधारा १ बमोजिम आफूमाथि विश्वास छ भन्ने कुराको स्पष्ट गर्न आवश्यक ठानेकाले सोही प्रयोजनका लागि राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा १ बमोजिम अधिवेशन आह्वान गर्नुभएको उल्लेख छ