राजनीति

संसदमा विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री ओली


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिन लाग्नुभएको बताइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले आफूले विश्वासको मत लिने जानकारी गराउनुभएको स्रोतले बताएको छ । समाचार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले यही बैशाख २७ गते सदनबाट विश्वासको मत लिन लाग्नुभएको हो ।