कोरोना विशेष

पर्यटनमन्त्री ढकाल दम्पत्तिलाई कोरोना संक्रमण पुष्टि


काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकाल र उनकी श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्री ढकालसँगै उनकी पत्नी इन्दिरा फुयाललाई पनि संक्रमण पुष्टि भएको हो । सामाजिक सञ्जाल ट्विटरमार्फत मन्त्री ढकालले यस्तो जानकारी गराएका हुन् ।

मन्त्री ढकालका प्रेस संयोजक माधव तिवारीका अनुसार दुवै जनाको रिपोर्ट पोजिटिभ आएको जानकारी दिनुभयो । मन्त्री पत्नी फुयाललाई भने अस्पताल भर्नाको तयारी भइरहेको छ ।