राजनीति

शंकर पोखरेल पुन: मुख्यमन्त्री नियुक्त


काठमाडौँ – नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त भएका छन् । आज विहान राजीनामा दिएका पोखरेललाई आजै पुनः मुख्यमन्त्रीमा नियुक्त गरिएको हो ।

प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्ति गरिएको बताउनुभयो ।

नेकपा एमालेका संसदीय दलका नेता पोखरेलले प्रदेश सभाका बहुमत सदस्यहरुको हस्ताक्षरसहित दाबी पेश गरेपछि नियुक्ति गरिएको हो ।तर विपक्षी सांसदहरूले भने पोखरेलसँग बहुमत नभएको भन्दै प्रदेशप्रमुखको ध्यानाकर्षण गराएका थिए ।