राजनीति

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन अन्त्य


काठमाडौँ – लुम्बिनी प्रदेश सरकारका कामचलाउ मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस गरेका छन् ।
मन्त्रिपरिषदको बैठक बसेर प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो । मुख्यमन्त्रीले राजीनामा दिएपछि विशेष अधिवेशनको प्रयोजन पनि सकिएकाले अधिवेशन अन्त्य गर्न सिफारिस गरिएको हो । अविश्वासको प्रस्ताव माथि छलफल गर्न दिउँसो एक बजे बैठक बोलाइएको थियो ।