विदेश

अमेरिकी राष्ट्रपति बाइडेनले शत्रुतापूर्ण नीति लिएको उत्तर कोरियाको आरोप


काठमाडौँ – उत्तर कोरियाले अमेरिकी राष्ट्रपति बाइडेन प्रशासनले आफूमाथि शत्रुतापूर्ण रणनीति लिएको आरोप लगाएको छ ।
परमाणु कार्यक्रमलाई लिएर बाइडेन प्रशासन शत्रुतापूर्ण रणनीति अख्तियार गर्ने मनसायमा रहेको आरोप उत्तर कोरियाले लगाएको हो । उत्तर कोरियाको परमाणु कार्यक्रम नियन्त्रण तथा त्यसबाट उत्पन्न हुन सक्ने अवस्थाको सामना गर्ने गरि बाइडेन प्रशासनले आफ्नो रणनीतिक योजना सार्वजनिकको तयारी गरिरहेको छ । वासिङटनबाट भएका पछिल्ला टिप्पणी तथा गतिविधिहरुले बाइडेन प्रशासन शत्रुतापूर्ण नीति कायम राख्ने पक्षमा रहेको देखिएको उत्तर कोरियाको विदेश मन्त्रालयले जनाएको छ । गत हप्ता राष्ट्रपति बाइडेनले उत्तर कोरियाको परमाणु कार्यक्रम विश्वव्यापी सुरक्षाका लागि गम्भीर खतरा रहेको बताएका थिए ।