राजनीति

तथ्यसंग निकट भएर हेर्दा : सरकारको डाटाभन्दा १० गुणा बढी संक्रमित (भिडियोसहित)

सरकारको डाटाभन्दा १० गुणा बढी संक्रमित


काठमाडौँ – कोरोनाभाइरसको पहिलो लहर सकिएपछि सरकारले एउटा मौका पाएको थियो दोस्रो लहरमा सचेत बन्ने । तर सरकारले कोरोनालाई ख्यालठट्टाकै रुपमा लिएपछि अहिले अवस्था विकराल बन्दै गएको छ । जसकारण बुद्धिमा बिर्को लागेको सरकारले अझैकस्तो दुर्गती निम्त्याउने हेर्न बाँकी छ ।

शुक्रबारमात्रै नेपालमा पाँच हजार ६ सय ५७ जनामा कोरोनाभाइरसको संक्रमण देखियो भने ३३ जनाको एकैदिन मृत्यु भयो । त्यसको अघिल्लो दिन ३५ जनाले ज्यान गुमाए ।योस्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक हो । तर सरकारीस्तरबाट सार्वजनिक भएको यही तथ्यांकले कोरोना भाइरसको दोस्रो लहरको स्थिति मापन गर्दैन ।

किनकि ग्राउण्ड रियालिटी फरक छ । धेरै जिल्लामा कोरोना भाइरस संक्रमितको पहिचान भएको छैन । भित्रभित्रै भुसको आगो सरी संक्रमण फैलिसकेको छ । न त्यसलाई पत्ता लगाउने सरकारी प्रयास नै भैरहेको छ । त्यसले हाल देखिएको संक्रमणको १० गुणा बढी संक्रमित रहेको अनुमान लगाउन कठिन छैन । सरकारी तथ्यांकलाई आधार मान्ने हो भने पनि यो भयावहको प्रारम्भ हो । अहिले देखिएको पाँच हजारकै दरमा कोरोना फैलियो भने अबको एक महिनामा एक लाख पचास हजारको संख्या थपिनेछ ।

मृतकको संख्या१० गुणा बढ्नेछ । किनकि संक्रमणको दोस्रो लहरले सीमा पार गरिसकेको छ भने अक्सिजन सिलिन्डर, आईसियु बेड र भेन्टिलेटरको गम्भीर अभाव सिर्जना भएको छ । धेरै अस्पतालमा अक्सिजनको आपूर्तिमा समस्या छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर २० हजार बेड छन् । तर संक्रिय संक्रमितको संख्या ३८ हजार छ । अहिले पनि १८ हजारले बेड पाएका छैनन् । जतिको मृत्यु भएको छ अक्सिजन, आईसियु बेड नपाएरै मर्नेको संख्या ९० प्रतिशत रहेको चिकित्सकहरु बताउँछन् ।

अहिले कोरोना भाइरसको जुन अवस्था देखिएको छ यसको मुख्य दोषी सरकार हो । किनकि एक सामान्य नागरिकसंक्रमणबाट बच्न मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने र आफु सचेत बन्ने हो । त्यसबाहेक उसको नियन्त्रणमा अरु छैन । तर सरकारलाई पहिलो लहरको संक्रमण नियन्त्रणमा आएसंगै वितेको एक बर्षयता यो दुर्दशाबाट देशलाई बचाउन निकै ठुलो अवसर थियो ।

सरकारलाई मौका थियो अस्पतालहरु निर्माण गर्ने, शहरदेखि गाउँसम्मका संक्रमितहरुको पहिचान गर्ने, अस्पतालमा अक्सिजन, भेन्टिलेटर बेडहरु थप्ने, अरु अक्सिजन प्लान्टहरु स्थापना गर्ने, अक्सिजनको अभावपूर्ति गर्न सप्लाईलाई सहज बनाउने, कोरोनाविरुद्धको भ्याक्सिन जतिसक्यो चाँडो स्थानियस्तरसम्म विस्तार गर्ने ।

चाहेँ किनेर होस् वा विदेशीसंग मागेर । तर सरकारले यी कुनै पनि कार्यहरु गरेन् । बरु प्रधानमन्त्रीदेखि गृहमन्त्री र स्वास्थ्यमन्त्रीलगायतका मन्त्रीहरुसडकमा ठुला ठुला आमसभाहरु गर्नै व्यस्त थिए । सत्ता टिकाउन सडकमा लाखौंलाख जनतालाई उतार्नेदेखि सदनमा खलनायक रणनीति बनाउनमै उनीहरुको ध्यान थियो ।अहिले संक्रमणको दर र मृत्युको प्रकृति हेर्दा सरकारको झनै डढेर लाग्नुपर्नेछ । तर संक्रमण आफ्नो नियन्त्रण बाहिर गएको भन्दै सरकारले हात उठाईदिएको छ ।

एक महिनाअघि झण्डैझण्डै कोरोना कहर सकियो भन्ने निष्कर्षमा पुगेको सरकारले ठुलै सफलता हात परेको भन्दै खुबै चर्चा गरेको थियो । प्रधानमन्त्रीका आसेपासेदेखिसरकारबाट पालितपोसितहरुले कोरोना नियन्त्रण गरेर सरकारले उपलब्धी हासिल गरेको अथ्र्याइरहेका थिए । तर दैनिक ४÷५ लाखको दरमा संक्रमण फैलिएको हाम्रैनिकट छिमेकी भारतकै जस्तो दुर्दशा अब नेपालमा पनि देखिन थालिसक्दा बुद्धिमा बिर्को लागेको सरकारले अझैकस्तो दुर्गती निम्त्याउने हो, त्यसको कल्पना मात्रै पनि कहालीलाग्दो छ ।