राजनीति

सरकारले भन्यो अब बेड दिन सकिदैन : ‘सरकार मन्त्रीमात्रै थप्ने कि, अब अस्पतालमा बेड पनि थप्ने ?

संक्रमितको उपचारबाट भाग्न खोज्दै सरकार


काठमाडौँ – कोरोना भाइरसको दोस्रो लहरले मुलुक आक्रान्त बनेका वेला विपक्षी दलहरुले सरकारको भूमिकामाथि नै प्रश्न उठाएका छन् । संक्रमितको संख्या बढ्दै गइरहेका बेला सरकारले जिम्मेवारीबाट हात उठाउन खोजेपछि विपक्षी आक्रोशित बनेका हुन् ।

एक महिनाअघि झन्डैझन्डै कोरोना कहर सकियो भन्ने निष्कर्षमा पुगेको सरकार यतिवेला बढ्दो संक्रमणलाई लिएर हायलकायल छ । जुन शुक्रबार स्वास्थ्य मन्त्रालयले हतोत्साहित भएर निकालेको विज्ञप्तीमा झल्किन्छ । स्वास्थ्य मन्त्रालयको अनुसार अब संक्रमितहरुले बेड पाउने छैनन् । दोस्रो लहरको संक्रमण थेक्नै नसक्ने गरी बढेको भन्दै सरकारले स्वास्थ्य प्रणालीले थेक्न नसक्ने बताएको छ ।

संकटका बेला सरकारले नागरिकलाई ढाडस दिने र युद्धस्तरमा समाधान खोज्नुपर्ने भएपनि सरकार दोस्रो पटक यसबाट चुकेको छ । र एक पत्रे विज्ञप्ती निकालेर जनतालाई सचेत गराउने नाममा स्वासथ्य उपचारबाट भाग्न खोजेको प्रतित हुन्छ ।जसमा प्रमुख प्रतिपक्षसहितका विपक्षी दलहरुले चरम असन्तुष्टि जनाएका छन् । शैया उपलब्ध गराउन सकिँदैन भनेर आएको विज्ञप्तीले सरकारको लाचारीपन र गैरजिम्मेवार प्रवृत्ति पुष्टि गरेको नेपाली कांग्रेसको भनाई छ ।

सरकारले चाहेको भए पहिलो लहरको संक्रमण सकिनै लाग्दा दोस्रो लहरको समाधान खोज्न सकिन्थ्यो । विगत चार÷पाँच महिनायताको अवधिमा अस्पतालहरुमा अक्सिजन, भेन्टिलेटरसहितका बेडहरु थप्ने, परीक्षणको दायरालाई घरघरमा पु¥याउने र स्थानीयस्तरसम्म खोपहरुको विस्तार गरेको भए अवस्था विकराल हुनबाट जोगिन्थ्यो । तर सरकारकै प्रधानमन्त्रीदेखि मन्त्रीहरु पार्टीकै आमसभाहरुमा व्यस्त रहे ।

वितेको एक वर्ष सत्ताको द्वन्द्वमा खर्चेर अहिले उपचार गर्न बेड छैन भन्नु सरकारको मुर्खता हो । जसबाट विपक्षीहरुले समेत सरकारमाथि औंला उठाउने मौका पाएका छन् । नेकपा माओवादी केन्द्रले सरकारले नागरिकलाई जबरजस्त मृत्युको मुखमा धकेल्ने काम गरेको आरोप लगाएको छ । पहिले भीडभाड गरेर संक्रमण बढाएर अहिले हात उठाएको माओवादी केन्द्रको दाबी छ ।
सरकारको विज्ञप्तीलाई लिएर साझा विवेकशिल पार्टीले पनिआपत्ति जनाएको छ । जटिल परिस्थितिसँग जुध्न राज्यका तर्फबाट हर सम्भव उपाय लगाउनुपर्नेमा यसरी लत्तो छाड्नु गैरजिम्मेवारपूर्ण र गम्भीर आपत्तिको विषय भएको उसको भनाई छ ।

यद्यपी सरकारको कामलाई लिएर आपत्ति जनाइरहेका विपक्षी दलहरुले पनि कुनै प्रयास भने गरेको देखिदैन । शुरुवाती चरणमा नेपालकै जस्तो अवस्था रहेको भारतको अवस्था अहिले शत्रुका पनि आँखा रसाउने गरी दर्दनाक बनेको छ । परिस्थितिले नेपाललाई समेत भारतको बाटोमा डो¥याउदै लिएकाले सरकार संकटबाट भाग्नुको सट्टा अनेक विकल्प खुला राख्दै युद्धस्तरमा समाधानतिर लाग्न जरुरी छ ।