कोरोना विशेष

अस्पतालमै कोरोना संक्रमितले गरे आत्महत्या


काठमाडौँ – रुपन्देहीमा एक कोरोना संक्रमितले आत्महत्या गरेका छन् ।

वनकट्टामा सैनामैना नगरपालिकाले सञ्चालन गरेको कोरोना अस्थायी अस्पतालमा सैनामैना रानिबगियाका ४० वर्षीय पुरुषले पासो लगाएर आत्महत्या गरेको प्रहरी कार्यालय सालझण्डीले बताएको छ । प्रहरीका अनुसार बिहीबार अस्पताल भर्ना भएका उनी शौचालयमा पासो लगाएको अवस्थामा भेटिएका थिए ।

संक्रमितले आत्महत्या गरेको जानकारी पाएपछि विहान ६ बजे प्रहरी अस्पताल पुगेको थियो । मृतकको शव बुटवल पठाइएको प्रहरीले जनाएको छ।