कोरोना विशेष

निषेधाज्ञाको प्रभाव दोस्रो दिन पनि कायमै


काठमाडौँ – निषेधाज्ञाको दोस्रो दिन पनि काठमाडौं उपत्यका शुन्यप्रायः बनेको छ । हिजोदेखि शुरु भएको निषेधाज्ञाको दोस्रो दिन आज काठमाडौं उपत्यका सुनसान बनेको हो ।
निषेधाज्ञाका कारण सडकमा सार्वजनिक यातायातका साधनहरु चलेका छैनन् भने अत्यावश्यक सेवा बाहेकका निजी सवारी साधनहरु पनि सञ्चालनमा आएका छैनन् । यद्यपि, अत्यावश्यक सेवा तथा खुलेका कार्यालयका कर्मचारीहरु भने फाट्टफुट्ट सडकमा देखिने गरेका छन् । उपत्यकाका भित्री सडकहरु पनि सुनसान जस्तै बनेका छन् । काठमाडौं जिल्ला प्रशासनले दैनिक उपभोग्य वस्तुको खरिदका लागि बिहान १० बजेसम्म खुलेका छन् । बिहानपख खाद्यान्न तथा तरकारी पसलहरुमा भने केही भिडभाड देख्न सकिन्छ । सडकमा सञ्चालनमा आएका सवारी साधनलाई प्रहरी ठाउँठाउँमा चेक गर्ने गरेका छन् । काठमाडौं उपत्यका कारोना संक्रमणको उच्च जोखिममा रहेका कारण बिहिबारदेखि एक हप्ताको लागि निषेधाज्ञा जारी गरिएको हो ।