कोरोना विशेष

कोरोना संक्रमणले थप ३३ जनाको मृत्यु, एकैदिन ५ हजार ७२७ संक्रमित थपिए


काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ७२७ जना कोरोना संक्रमित पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १५ हजार ९१६ वटा नमूनाको परीक्षण गरिएकोमा ५ हजार ७२७ जनाको नतिजा पोजेटिभ आएको हो ।

हाल सक्रिय संक्रमितको संख्या ३८ हजार ८१३ पुगेको छ । योसँगै नेपालमा संक्रमित हुनेको कुल सख्या तीन लाख २३ हजार १८७ पुगेको छ । आज देशभर ९२८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । हालसम्म २ लाख ८१ हजार ९५ संक्रमित निको भइसकेका छन् ।

कोरोना भाइरस संक्रमणका कारण थप ३३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २७९ पुगेको छ ।