राजनीति

प्रधानमन्त्री ओलीकै कारण फेरि लकडाउन गर्नुपर्ने स्थिति आयो : सभापति देउवा


काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पीसीआर परीक्षण बढाउन र आईसीयू तथा भेन्टिलेटरसहितका बेडको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ । आज आफ्नो निजी निवास बुढानीलकण्ठमा पत्रकार सम्मेलन गर्दै देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण फेरि लकडाउन गर्नुपर्ने स्थिति आएको आरोपसमेत लगाउनु भएको छ ।

देउवाले उद्घाटन, भिडभाड र तडक–भडकमा मग्न ओली सरकारले संक्रमण रोक्ने कुनै ठोस काम नगरेकाले फेरि लकडाउन गर्ने स्थिति आएको बताउनुभयो । उहाँले कोरोना नियन्त्रणको लागि सरकारसामू ११ बुँदे माग पनि अघि सार्नुभएको छ । एक फरक प्रसंगमा देउवाले पार्टीले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरे पनि संख्या नपुगेको बताउनुभयो ।

पत्रकार सम्मेलनकै क्रममा वितरित देउवाको प्रेस नोटमा काठमाडौंमा निषेधाज्ञा गरिएपछि लाखौ मानिस संक्रमित कम भएको स्थान अर्थात राजधानी बाहिर पुगेको र जसका कारण संक्रमण कम भएको ठाउँहरुमा समेत व्यापक संक्रमण बढ्ने खतरा बढेको उल्लेख गरिएको छ ।


देउवाले जारी गरेको प्रेस नोट