समाचार

कोरोनासँग लड्नु सबैको साझा दायित्व : उपप्रधानमन्त्री पोखरेल


काठमाडौँ – उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनासँग लड्नु सबैको साझा दायित्व भएको बताउनुभएको छ ।
उपप्रधानमन्त्री पाखेरलले सबैले हातेमालो गर्दै अगाडी बढ्न र जवाफदेही बन्न अपील गर्नुभएको हो । कोरोनाको अघिल्लो लहरले धेरै कुरा सिकाएर गएको हुँदा व्यवस्थापनको काम सहज हुने उहाँको भनाई छ । अहिले लागु भएको निषेधाज्ञा कोरोना संक्रमणको फैलदो अवस्थाको चेन ब्रेक गर्न भएको उहाँले बताउनुभयो ।
उपप्रधानमन्त्री पोखरेलले अहिले जनता आफैपनि सचेत र जिम्मेवार हुनुपर्ने आवश्यकता रहेको पनि बताउनुभयो ।