मौसम

काठमाडौँ उपत्यकासहित पहाडी क्षेत्रमा वर्षा


काठमाडौँ उपत्यकासहित देशका अधिकांश पहाडी भूभागमा वर्षा भएको छ ।

देशमा पहाडी भूभागमा मेघ गर्जन र चट्याङसहित वर्षा गराउने बादल विकसित भइ केहि स्थानहरुमा वर्षा भइरहेको मौशम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण वर्षा भएको हो ।