राजनीति

संसद् विघटनको जिम्मेवार ओली मात्रै होइनन् : नारायणकाजी श्रेष्ठ


काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले संसद् विघटन हुनुमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली मात्रै जिम्मेवार नभएको बताएका छन् ।

राष्ट्रियसभाको बैठकमा बोल्दै प्रवक्ता श्रेष्ठले भने, ‘प्रतिनिधिसभा विघटन गरेर प्रतिगामी कदम चाल्ने ओली हो । यो मुलुकमा दुरावस्था ल्याउनमा सबै राजनीतिक पार्टीहरू, नेताहरु, यो भन्दा अगाडि विभिन्न ढंगले सरकार चलाउनेहरु पनि छन् । त्यो कुरा आज निर्मम आत्मसमीक्षा गर्नुपर्छ ।’

सबै पार्टी, नेता र सरकारले आफ्नो ठाउँमा सच्चिएर जनताले अपेक्षा गरेअनुसार काम गर्न उनले आग्रह गरे । कोरोनाको खोप ल्याउन, बाढीपहिरो पीडितको व्यवस्थापन, समावेशीता र सुशासनको पक्षमा काम गर्न उनले माग गरे । ​