Breaking

लोसपाकी नेता चौधरी कांग्रेस प्रवेश


काठमाडौँ — लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेतृ एवं निवर्तमान सांसद चन्दा चौधरी कांग्रेस प्रवेश गरेकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई कांग्रेसमा भित्र्याएका हुन् ।

प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले टीका लगाइदिएकी थिइन् भने प्रधानमन्त्री देउवाले क्रियासिल सदस्यता पत्र प्रदान गरेका थिए । प्रत्यक्षतर्फको टिकट पाउने आश्वासनपछि चौधरी कांग्रेस प्रवेश गरेको उनी निकटका नेताहरुले बताएका छन् ।