बिजनेस

मौद्रिक नीतिको समीक्षापछि शेयरबजार ओरालो लागेको भन्दै लगानीकर्ता विरोधमा (भिडियोसहित)


काठमाडौँ – मौद्रिक नीतिको समीक्षापछि नेपालको शेयर बजार अस्थिर बनेको छ । यहि कारण यति बेला शेयर लगानीकर्ता आक्रोशित बनेका छन् । सामाजीक संजालमा त झन लगानीकर्ताले सरकारको विरोधमा अभियान नै चलाइको छ ।

आफ्नो सम्पत्तिको सुरक्षा आफै गरौ पुँजी बजार बिरोधि सरकारलाई बहिष्कार गरौं भन्ने ह्याच ट्याग सामाजीक सञ्जालमा शेयर लगानीकर्ताले व्यापक रुपमा फैल्याएका छन । नेपालको शेयर बजारको सुचक मापक नेप्सेमा निरन्तर गिरावट आउनुको मुख्य कारण अहिलेका अर्थ मन्त्री र केन्दीय बैंक रहेको आरोप लगानीकर्ता हरुको छ । अर्थमन्त्रीको वेवास्ताका कारण पुजीँ बजारको बिकास हुन नसकेको भन्दै लगानीकर्ता हरुले फेसबुक टुइटर टिकटक लगायत सामाजीक संजालमा विरोध गरीरहेका छन । शेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवाल शेयर बजारमा उच्च गिरावट आउनुमा राज्यलाई दोष दिन्छन् । राज्य र नियामक निकाय नै शेयर बजारको विरुद्धमा लागेपछि लगानीकर्ताको मनोबल कमजोर भएको उनको विश्लेषण छ ।

बेंकिङ प्रणालीमा तरलता अभाव र नियामकको नियन्त्रणका कारण लगानीकर्ताको मनोबल खस्किएको शेयर बजारका जानकार बताउँछन् । राष्ट्र ब्यांकले चालू आर्थिक वर्षको मौद्रिक नीति मार्फत सार्वजनिक गरेको ठूला लगानीकर्ताले एउटा बैंक तथा वित्तीय संस्थाबाट अधिकतम ४ करोड र समग्र वित्तीय प्रणाली मार्फत १२ करोडसम्म मात्र शेयर धितो राखी ऋण लिन पाउने व्यवस्थाले पनि ठूला लगानीकर्तालाई शेयर बिक्री गर्न बाध्य बनाएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो समीक्षा मार्फत शेयर बजार सम्बन्धी आफ्नो नीतिमा पुनरावलोकन गर्ने अपेक्षा गरिए पनि सबै व्यवस्था यथावत् राखेको थियो । यसले लगानीकर्तालाई थप निराश बनाएको छ ।

जहिले पनि शेयर बजारको सीधा सम्बन्ध वित्तीय प्रणाली सँग प्रत्यक्ष जोडिएको हुन्छ । केन्द्रीय बैंकले ४ र १२ करोडको सीमा परिवर्तन नगर्दा संस्थागत लगानीकर्ताहरु पनि दबाबमा परेका छन् । यसको प्रभाव पनि बजारमा देखिएको हो । लगानीकर्ताहरु नियामक सँग मात्र हैन कम्पनी हरु सँग पनि रुष्ट हुदै गएका छन । शेयर लगानीकर्ता हरि ढकाल त ६ महिना अगाडि डिभिडेन्ट डिकिलियर गरेर पनि बुक क्लोज मिति नतोकेका कम्पनी, त्यस्तै, पब्लिक डाईरेक्टर बिहिन कम्पनीका अफीसमै पुगेर दवाव दिने भन्दै सामाजीक संजालमा अभियानै चलाउन थालेका छन ।