राजनीति

केन्द्रीय सदस्यमा विजयी भीम रावले किन लिएनन् शपथ ?


काठमाडौँ — नेकपा एमालेको अध्यक्षमा पराजित भएका भीम रावल केन्द्रीय सदस्यमा भने विजयी भएका छन् । केन्द्रीय निर्वाचन आयोगका संयोजक विजय सुब्बाले ९०४ मत प्राप्त गरेर रावल विजयी भएको घोषणा गरेका हुन् ।

रावलले अध्यक्षमा भने २२३ मत प्राप्त गरेका थिए । रावलले भने केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी नरहने बताउँदै आएका छन् । तर आयोगले चुनावका क्रममा केन्द्रीय सदस्यमा समेत उनको नाम राखेको थियो ।