Breaking

बालेनको अग्रता ५४ सय ५४ मत


काठमाडौँ — काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले पछिल्लो मतपरिणामअनुसार ११ हजार ७ सय ७७ मत ल्याएका छन् ।

दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले ६३२३ मत प्राप्त गरेका छन् ।

तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले ५५४८ मत पाएकी छन् । अहिले वडा नम्बर ३, ४, ५, ६, ३०, ३१ र ३२ को मतगणना भइरहेको छ । यी सबै वडामा बालेनले सबैभन्दा धेरै मत पाइरहेका छन् ।