खेलकुद

बार्सिलोना बराबरीमा रोकियो


काठमाडौँ – स्पेनिस ला लिगा फुटबलमा कार्डिजसँग बार्सिलोना गोलरहित बराबरीमा रोकिएको छ । बिहीबार राति भएको खेलको ६५औँ मिनेटमा डी जोङ दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सीमित बनेको थियो ।

लियोनल मेसी र एन्टोनी ग्रिजम्यान क्लबबाट बाहिरिएपछि बार्सिलोनाले यस सिजनमा गोलका लागि निकै संघर्ष गर्नुपरेको छ । पछिल्लो नतिजाले प्रशिक्षक रोनाल्ड कोम्यानमाथि दबाब थपिएको छ । बार्सिलोनाले ला लिगामा यस सिजन दुई खेलमा मात्र जित निकालेको छ । लिगका पछिल्ला ५ खेलमा तीन बराबरीको नतिजा निस्किएको छ ।

च्याम्पियन्स लिगको पहिलो खेलमै बार्सिलोना घरेलु मैदानमा बायर्न म्युनिखसंग ३–० ले पराजित भएको थियो । बार्सिलोना ५ खेलबाट ९ अंक सहित तालिकाको सातौं स्थानमा छ । कार्डिज ६ अंक सहित १४औं स्थानमा छ ।