बिजनेस

नेप्सेमा उछाल, एकैदिन बढ्यो १०४ अंकले सूचक


काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन बुधवार उच्च अंकले बढेको छ । बुधवार नेप्से १०४.८८ अंकले बढेर दुई हजार ८ सय १६ दशमलब ९५ विन्दुमा पुगेको हो । त्यस्तै, बुधवार नेप्सेमा उच्च अंकको बृद्धि आएपनि कारोबार रकम भने बढ्न सकेन । आज ६ अर्ब १७ करोड ९३ लाख बराबरको कारोबार भएको छ ।

बुधवार कारोबार भएका सबै समूहमा सुधार आएको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपार डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको आज २३ करोड भन्दा बढीको कारोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका २५ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।