Breaking

दशै महिमा,किन मनाउने दशै , यस्तो छ साँस्कृतिक तथा सामाजिक महत्व


काठमाडौँ — हिन्दु धर्मवलम्बिहरुको महत्वपूर्ण पर्व दशैको आफ्नै धार्मिक तथा साँस्कृतिक महत्व रहिआएको छ । दशै शास्त्र,समाज र मानिसको व्यवहारसँग जोडिएको पर्व हो । हिन्दुधर्मको शक्तिस्वरुपा नवदुर्गाको विशेष पुजाआराधनाको पर्व दशैको महत्व त के छ त ? हिन्दू धर्मावलम्बीहरूले आश्विन शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म शक्तिको आराधना गर्ने र दशमीका दिन आफू भन्दा ठुला मान्यजनहरूको हातबाट टीका–प्रसाद ग्रहण गर्दै कोजाग्रत पुर्णिमासम्म मनाउने पर्व हो दशै ।

दशैंलाई बडा दशैं, दशहरा, विजया दशमी,आयुध पुजाका नामले समेत जानिन्छ ।दशैमा मुख्यत हिन्दु धर्मका शक्तिस्वरुपा नवदुर्गाको नौ वटा रूप शैलपुत्री, व्रह्मचारणी, चन्द्रघन्टा, कुशमन्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, सिद्धिधात्री र अपराजिताको विशेष पुजा तथा आराधाना हुने गर्दछ । मौसम परिवर्तनको समय भएकाले,चण्डिकाको पुजा आराधना,एकभतm,अल्पआहार सहित आफुलाई स्वस्थ्थ र शतिmशाली बन्ने पर्व पनि मानिन्छ । यो अवधिमा,मिठो खाने खुवाउने, राम्रो लागाउने, घरआँगन, बाटोघाटो, गाऊ टोल सफा सुग्गर राख्ने जस्ता गतिविधिले यसको चरितार्थ गरेकै छ ।

अर्कोतर्फ त्रेता युगमा विजयादशीकै दिन श्रीरामले सीताको हरण गर्ने रावणको बध गरेको सम्झनामा दशैंलाई असत्य माथि सत्यको बिजयको रुपमा समेत मान्ने प्रचन रहेको ग्रन्थहरुको उल्लेख छ । त्यसैले दशै शक्ति–पूजाको पर्व, शस्त्र पूजनको तिथि समेत मानिन्छ । दशैको धार्मिक एवंम साँस्कृतिक महत्व अनेकन छन ।

आश्विन शुक्लपक्ष प्रतिपदा घटस्थापना देखि सुरु भएर कोजगात पूर्णिमा सम्म १५बिजया दशमी अथवा दशै मनाउने चलन छ । दशै सामाजिक सद्भाव पारिवारिक मिलन र सम्बन्ध नविकरण गर्ने पर्वको भएको धेरैको विश्लेषण छ । दशै शास्त्र,समाज र व्यवहारसँग सम्बद्ध,पर्व भएको जानकारहरु बताउँछन ।

दशै नेपालमा मनाइने सबैभन्दा लामो पर्व पनि हो । वैदिककालमा साधना, सिद्धि, सामथ्र्य, शक्ति र सौर्यताको संगमको काल भएको र त्यहिबाट दशैंको शुरुवात भएको मानिन्छ । दशैं सनातन परम्परा, संस्कार, संस्कृति, धर्म, आस्था र बिश्वाससँग जोडिएको बिषयमात्र नभएर यसको बैज्ञानिक महत्वका कारण पछिल्लो पुस्तामाझ पनि उत्तिकै लोकप्रीय छ ।