Breaking

गठबन्धनले समाजवादीको विल्लीबाठ, काँग्रेस फाइदैफाइदामा,एमालेको उधोगति, माओवादीसँग मिल्ला?


काठमाडौँ — स्थानीय तह निर्वाचनको मतपरिणामसँगै राजनीतिक दलहरुबीचको नाफाघाटाको हिसाव चलिरहेको छ । कुन दल पहिलो बन्ने मात्रै होइन, अहिलेको परिणामले आगामी निर्वाचनमा को सँग तालमेल गर्ने भन्ने विषयमा पनि चर्चामा छ । बैशाख ३० मा मतदान सकिएर मुलुक स्थानीय तह निर्वाचनको मतपरिणाममा केन्द्रित भइरहेका बेला करिब पाँच सयको हाराहारीमा पालिकाहरुको नतिजा सार्वजनिक भएको छ । ठिक यसैबेला पाँच दल एक भएर चुनावमा होमिएको गठबन्धन र प्रमुख प्रतिपक्ष दल नेकपा एमाले कति सफल? भन्ने प्रश्न अघिल्तिर छ ।गठबन्धनले काँग्रेसलाई फाइदैफाइदा र त्यही गठबन्धनमा आवद्ध नेकपा एकीकृत समाजवादीलाईहर्षभन्दा विष्मात धेरै भइरहेका छ । यस्तो बेला गठबन्धन कायमै रहेर आगामी संसदीय निर्वाचनसम्मै जानसक्ने सम्भावनामाथि नै प्रश्न छ ।

अहिलेको परिणामलाई हेर्दा स्थानीय निर्वाचनमा काँग्रेस पहिलो हुने सम्भावनामा शंका छैन । गठबन्धनकै बलमा काँग्रेसले यसको अवसर पाएको नकार्न पनि मिल्दैन । फलतः आगामी संसदीय निर्वाचनमा समेत गठबन्धन बनाएर जानुपर्ने मत काँग्रेस नेताहरुको देखिन्छ । तर अहिले परिणामले नेकपा एकीकृत समाजवादीलाई चैन दिएको छैन् । पार्टी निर्माणकै चरणमा रहेको र स्थापित हुने प्रथम अवसरमै अपेक्षाकृत मत नआएपछि ‘पहिलो गाँसमै ढुंगा’ भएको छ । समाजवादीले यसको समीक्षा गर्ने मात्रै होइन, गठबन्धन उत्साहजनक नभएको भन्दै समीक्षा गर्न तयारी गरेको छ ।

तर सुरुआतमा हतोत्सहित बनाएपनि नेकपा माओवादी केन्द्रलाई मतपरिणामले उत्साहित बनाउने काम गरिरहेको छ । हालसम्म तेस्रो धेरै मत ल्याएको माओवादीले गठबन्धन बनाएरै संसदीय चुनावमा भाग लिने संकेत गरेको छ । सुरुआत परिणामका बेला माओवादीकै काँधमा चढेर काँग्रेसले तारो टिपेर चारो हाल्ने काम गरेको बताउने नेताहरुसमेत अहिले हर्ष बढाइमा लागिपरेका छन् ।भरतपुरकै नतिजा अनुसार गठबन्धनको भविष्य आँकिने संकेत देखिएका बेला माओवादीहरु गठबन्धन प्रत्युत्पादक होइन, अहिले उत्पादक देखिरहेका छन् ।

माओवादी जुनशक्तिसँग मिलेपनि राष्ट्रिय राजनीतिमा तेस्रो नै हो । हिजो एमालेसँग मिल्दा तेस्रो भएको माओवादी काँग्रेससँग मिल्दा पनि तेस्रो नै बन्दैछ । तर योपालीको परिणामबाट एमालेरक्षात्मक अवस्थामा थन्किने पक्का छ ।अब संसदीय निर्वाचनमा तालमेलका लागि माओवादी, समाजवादी लगायतका दललाई गुहार्ने कि एक्लै सामना गर्ने तीब्र तयारी चलेको छ । निर्वाचनमा जाँदा तालमेलको निर्णय भए पनि कांग्रेस र अन्यबीच सीमित ठाउँमा मात्र गठबन्धन सफल भयो । कुनै स्थानमा एकले अर्कालाई मत दिएका छैनन् ।गत स्थानीय चुनावमा काँग्रेससँग तालमेल गरेको माओवादीले संघीय निर्वाचनमा एमालेसँग गरेको थियो । तेस्रो नै सही माओवादी अब पनि निर्णायक शक्ति बन्ने पक्का छ ।