Breaking

इटहरीमा एमालेका यामकुमार सुब्बाले लिए अग्रता


काठमाडौँ — सुनसरीको इटहरी उपमहानगरमा सत्ता गठबन्धनलाई पछि पार्दै नेकपा एमालेका यामकुमार सुब्बाले ४०७५ मतले अग्रता लिएका छन् ।

एमालेका सुब्बाले १६३३९ मत ल्याएका छन् भने सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका हेमकर्ण पौडेलले १२२६४ मत ल्याएका छन् ।

यस्तै एमालेकी संगीताकुमारी चौधरीले १७४०३ मत ल्याएकी छिन् भने गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका केशवकुमार विष्टले ११११४ मत ल्याएका छन् । गठबन्धनका विष्ट भन्दा एमालेकी चौधरीले ६२८९ मतले अग्रता लिएकी छिन्।