राजनीति

आज बस्ने संसदमा म माफी माग्छु, म आवेगमा आएछु : नरोत्तम वैद्य


काठमाडौँ – नेपाली काँग्रेसका वागमती प्रदेश सदस्य नरोत्तम वैद्यले आज बस्ने संसद बैठकमा माफी माग्ने बताएका छन् ।
शुक्रबार बसेको प्रदेश सभा बैठकमा बोल्दै वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्नु पर्ने भन्दै कसैले नगरे आफूले गर्ने विवादित अभिव्यक्ति दिएका थिए । उनले ओलीको हत्या गर्न ‘नाथुराम गोट्से बन्न तयार छु’ भनेका थिए । अहिले उनको सो अभिव्यक्तिको चर्को आलोचना भइरहेको छ ।

कतिपयले उनलाई कारवाही गर्नु पर्ने माग गरिरहेका छन् । वैद्यले भने पदबाट राजीनामा नै गर्नु पर्ने गल्ती नगरेको भन्दै आजको संसद बैठकमा आत्मालोचना गर्ने बताएका हुन् । उनले योहोखबरसँग कुरा गर्दै भने, देशको लथालिंग परिस्थीति देखेर विरक्तीएर मैले त्यसो भनेको हुँ, ‘आवेगमा आएर दिएको त्यो अभिव्यक्तिलाई धेरैले मन नपराएको सुनेको छु, आजको बैठकमा म माफी माग्छु, आत्मालोचना गर्छु ।’ बागमती प्रदेश सभाको बैठक आज दिउँसो ११ बजेका लागि डाकीएको छ ।

तर मुलुकको परिस्थीति विग्रिएको र जनतामा चरम नैराश्यता बढेर गएपछि चारैतिर प्रधानमन्त्री ओलीको विरोध भइरहेकोबारे भने ओलीले महसुष गर्नु पर्ने वैद्यको जिकिर छ ।