राजनीति

अब छिट्टै मन्त्रिपरिषद् विस्तार हुन्छ : रमेश लेखक


काठमाडौँ – नेपाली कांग्रेसका नेता रमेश लेखकले मन्त्रिपरिषद् छिट्टै विस्तार हुने बताउनुभएको छ । पूर्वमन्त्री समेत रहनुभएका लेखकले मन्त्रिपरिषद्लाई चाँडै पूर्णता दिन प्रधानमन्त्री शेरबहादुर देउवा गम्भीर भएर लागि परेको बताउनुभयो ।

सोमबार काठमाडौँमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले विभिन्न राजनीतिक दलहरूको वैधानिकले गर्दा पनि मन्त्रिपरिषद् विस्तारमा ढिलाई हुन गएको स्पष्ट पार्नुभयो । उहाँले पार्टीको आसन्न १४ औँ महाधिवेशन तोकिएको मितिमा सम्पन्न हुने दावी समेत गर्नुभयो ।

नेता लेखेकले दसैँंअघि नै देशभरका सबै वडा र पालिकास्तरको अधिवेशन सम्पन्न गर्ने गरी काम भइरहेको पनि जानकारी दिनुभयो ।