Breaking

आयल निगम व्यापारीलाई दिन अर्बको चलखेल भएको छ : रामचन्द्र पौडेल


काठमाडौं — नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेपाल आयल निगम व्यापारीलाई दिन खोजेको र किसानलाई मल दिन नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । ६४ औ संसद सेवा दिवसका अवसरमा काठमाडौंमा भएको कार्यक्रममा उनले भने, ‘फेरि पनि सुन्दै छु, आयल निगम व्यापारीलाई दिने रे । यो चलखेल हो, यहाँ करोडको कुरा छैन अर्बका कुरा छन् । उनले किसानलाई मल दिन नसकेकोमा पनि सरकारको आलोचना गरे ।

उनले नीतिगत भ्रष्टाचारका कारण किसानले मल नपाएको बताए । ‘खेती गर्ने बेला छ, मलको हाहाकार छ,’ उनले भने, ‘यो सबै नीतिगत भ्रष्टाचारले भएको हो । कृषि सामग्री केन्द्रलाई कम्पनी लिमिटेडमा लगेपछि नेपालमा कहिल्यै किसानले समयमा मल नपाएको उनको आरोप छ ।