काठमाडौँ – ललितपुर महानगरपालिकाले ७७ वर्ष माथिका जेष्ठ नागरिकहरुलाई कोभिशिल्ड खोपको दोस्रो मात्रा लगाएको छ ।
ललितपुर महानगरपालिकाले यसअघि कोभिशिल्ड खोपको पहिलो मात्रा लगाइसकेका ७७ वर्ष माथिका महानगरका जेष्ठ नागरिकलाई बुधबार कोभिशिल्ड खोपको दोस्रो मात्रा लगाएको हो । महानगरपालिका भित्र विभिन्न ८ वटा खोप केन्द्र सञ्चालन गरेर खोप लगाइएको छ ।
खोप लगाउन आउने वृद्धवृद्धाले भने महानगरपालिकाको व्यवस्थापन प्रति असन्तुष्टि जनाएका छन् । कोभिशिल्ड खोपको दोस्रो मात्रा महानगरभित्रका करिब २४ सय जेष्ठ नागरिकलाई लगाइने महानगरपालिकाले जनाएको छ ।


प्रतिक्रिया