कोरोना विशेष

२४ घण्टामा ६३९ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्‍यु


काठमाडौँ — पछिल्लो २४ घण्टामा थप ६३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार ७५६ नमुना परीक्षण गरिएको थियो । ६ हजार ७८२ जनानाको पीसीआर परीक्षण गर्दा ५४८ र दुई हजार ९७४ जनाको एन्टीजेन परीक्षण गर्दा १८५ गरी ६३९ जनामा संक्रमण पुष्टि भएको छ ।

३ जनाको मृत्‍यु भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ६०० जन संक्रमणमुक्त भएका छन् । हाल देशभर १८ हजार २५१ संक्रिय संक्रमित छन् ।