काठमाडौँ – चीनको छेन्दुबाट काठमाडौँ आउँदै गरेको सिचुवान एयरको जहाजले एक घण्टा बढी नेपाली आकाशमा फन्को (ओभर सुट) लगाएको छ । मौसम खराबीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिबिलिटी कमजोर हुँदा अवतरणका क्रममा ओभर सुट गर्नुपरेको हो ।
आज बिहान ६ः२९ का लागि अवतरण समय तालिका रहेको उक्त जहाजले बिहान ७ः५१ बजे मात्रै अवतरण भएको विमानस्थलले जनाएको छ । अवतरणका क्रममा इमाडोल नजिकबाट ओभरसुट गरेको थियो ।
मौसम खराबीकै कारण आन्तरिक उडान पनि प्रभावित भएको छ । भिजिबिलटी कम हुँदा पोखरा लगायतका भरतपुर, विराटनगरको उडानमा विलम्ब भएको थियो । काठमाडौँ उपत्यकाका आकाशमा बिहानैदेखि बाक्लो हुस्सु लागेको छ ।


प्रतिक्रिया