काठमाडौं– चिनियाँ कूटनीतिक इतिहासमा शीर्ष नेता (राष्ट्रपति) स्वयं कुनै विदेशी राष्ट्रप्रमुखलाई लिन विमानस्थलको धावनमार्गसम्म पुग्ने प्रचलन छैन । तर, एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा सहभागी हुन चीनको शेन्जेन पुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्नै कूटनीतिक परम्परा तोड्दै विमानस्थलमा स्वागत गरेका छन् । यसअघि सन् २००९ मा बाराक ओबामालाई विमानस्थलमा स्वागत गर्दा सी उपराष्ट्रपति मात्र थिए । तर, यसपटक अमेरिकी राष्ट्रपति ट्रम्प सवार एयर फोर्स वन विमान चीनको शेन्जेन विमानस्थलमा अवतरण हुँदा राष्ट्रपति सीले रातो कार्पेटमै पुगेर ट्रम्पलाई आलिङ्गनसहित स्वागत गरे । यो कदम यसै वर्ष वासिङ्टनस्थित जोइन्ट बेस एन्ड्रयूजमा ट्रम्पले सीलाई गरेको स्वागतको प्रत्यक्ष प्रत्युत्तर मानिएको छ । तुलनात्मक रूपमा, केही घण्टाअघि शेन्जेन आइपुगेका रुसी राष्ट्रपति पुटिनलाई भने सीका शक्तिशाली चिफ अफ स्टाफ काई चीले स्वागत गरेका थिए ।
Breaking


प्रतिक्रिया