Breaking

मोरक्कोलाई २-० ले पराजित गर्दै फ्रान्स सेमिफाइनलमा

योहो संवाददाता

फिफा विश्वकप-२०२६ अन्तर्गत आज बिहान सकिएको खेलमा मोरक्कोलाई २-० ले पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ। 

अमेरिकाको बोस्टन स्टेडियममा सम्पन्न खेलमा फ्रान्सको जितको लागि कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेले १-१ गोल गरे। 

पहिलो हाफमा एम्बाप्पेले पेनाल्टी मिस गरे। दुवैतर्फबाट पहिलो हाफमा गोल हुन सकेन। दोस्रो हाफमा फ्रान्सका लागि एम्बाप्पे र डेम्बेलेले १-१ गोल गरे। 

यो जितसँगै फ्रान्स लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। यो हारसँगै अन्तर्राष्ट्रिय फुटबलमा मोरक्कोको लगातार ३४ खेलको अपराजित यात्रा पनि टुंगिएको छ।