काठमाडौं— लेबनानमा क्रियाशील सिया इस्लामी राजनीतिक पार्टी एवं लडाकु समूह हेज्बुल्लाहले अमेरिकाको प्रस्ताव स्वीकार गर्दै अबदेखि इजरायलमा आक्रमण नगर्ने भएको छ । इजरायलले पनि आफ्नो देशमा हमला नगर्ने सम्झौता भएको लेबननले जनाएको छ ।
अमेरिकास्थित लेबननी दूतावासले हेज्बुल्लाहले अमेरिकाको प्रस्ताव स्वीकार गरेको पुष्टि गरेको बताएको छ । जसमा दुवै पक्ष आक्रमण रोक्न सहमत भएका छन् । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि युद्धविराम सम्झौता भएको पुष्टि गरेका छन् ।
तर, हेज्बुल्लाहले आक्रमण बन्द नगरे लेबननमा पनि हमला जारी राख्ने चेतावनी उनले दिएका छन् । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नेतान्याहु र हेज्बुल्लाहका प्रतिनिधिसँग कुरा गरेको बताएपछि उक्त वक्तव्य आएको हो । ट्रम्पले दुवै पक्षले गोलाबारी बन्द गर्ने कुरामा सहमति जनाएका छन् ।


प्रतिक्रिया