काठमाडौं— बस्तीमा डोजर चल्नु अघिसम्म दुई छाक खान र लालाबाला पढाउन कसैको मुख नताकेका सुकुम्बासीहरु अहिले राज्यको आश गरेर बस्नु पर्ने अवस्थामा छन् । डोजर चलाउन हतार गरेको सरकार सुकुम्बासीको व्यवस्थापनमा सुस्ताएसँगै सेल्टरमा आजित बनेर उकुसमुकुस देखिएका सुकुम्बासीहरू माइतीघर मण्डलामा नै आएर आन्दोलन गर्न बाध्य छन् । उनीहरूको तनाव सडक र व्यवहारमा स्पष्ट झल्किएको छ ।
एकतिर अन्य सुकुम्बासी बस्ती नहटाउन अदालतको अन्तरिम आदेश छ भने अर्कातर्फ सुकुम्बासीहरू सरकार विरुद्ध एकजुट भइरहेका छन् । साथै, जेनजी मुभमेन्ट लगायतका संस्थाहरू पनि सरकारको कार्यशैलीबाट रुष्ट हुँदा झापा देखि कञ्चनपुरसम्म सुकुम्बासी सङ्घर्षको ज्वार भाटा उठेको छ ।
देश


प्रतिक्रिया