काठमाडोैं– रास्वपा सांसद गणेश पराजुलीले संसद्मा दिएको अभिव्यक्ति प्रतिनिधिसभाको अभिलेखबाट हटाइएको छ । गत २९ वैशाखको बैठकमा उनले बोल्दे क्रममा व्यक्त गरेका भरौटेहरू’ र ‘यहाँ लुगा लगाएर पनि नांगै हिंडेजस्तो’ भन्ने दुई वटा शब्द प्रतिनिधिसभाको अभिलेखबाट हटाउन निर्देशन दिइएको हो ।
‘वैशाख २९ गतेको बैठकमा माननीय सदस्य गणेश पराजुलीले बोल्ने क्रममा प्रयोग गर्नुभएको भरौटेहरू र यहाँ लुगा लगाएर पनि नांगै हिंडेजस्तो गरी भन्ने शब्दहरू सभाको अभिलेखबाट हटाउन सचिवालयलाई हटाउन निर्देशन गरेको छु,’ सभामुख अर्यालले भने ।
सांसद गणेश पराजुलीले दिएको अभिव्यक्ति बुधबार बसेको बैठकमा एमाले सांसद ऐन महरले हटाउन माग गरेका थिए ।


प्रतिक्रिया