देश

बालेनलाई राष्ट्रपतिको झट्का, अध्यादेश काउन्टर, रोकेर राखे अर्को संकट, प्रचण्ड–गगनलाई तनाव (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले सरकारलाई फिर्ता पठाएको ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश’ २४ घण्टा पनि नबित्दै सरकारले पुनः राष्ट्रपति कार्यालयमा पठाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेशलाई कुनै परिमार्जन नगरी पुनः प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बताए ।
बालेन्द्र शाह नेतृत्वको सरकारले सिफारिस गरेका आठ अध्यादेशमध्ये राष्ट्रपतिले सात वटा जारी गरे पनि आइतबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश भने फिर्ता पठाएका थिए । राष्ट्रपति पौडेलले यसअघि संघीय संसद्का दुवै सदनले पारित गरेर पठाएको विधेयक जे कारण देखाएर फिर्ता गरेका थिए, अहिले पनि सोही विषय उठाएर पुनर्विचारका लागि फिर्ता गरेका हुन् । संविधानअनुसार ‘बहुमतले निर्णय गर्ने व्यवस्था कुनै पनि कानुनले खण्डित हुनु हुँदैन’ भन्ने अडान लिँदै आएका राष्ट्रपतिले सरकारले अध्यादेशमा ६ सदस्यीय संवैधानिक परिषदमा ३ जनाले मात्र निर्णय गर्न सक्ने प्रावधान राखेपछि असन्तुष्टि जनाएका हुन् । राष्ट्रपतिले महत्वपूर्ण अध्यादेश फिर्ता गरेपछि शीतल निवास र सिंहदरबारबीच टकराव मात्र बढ्ने देखिँदैन, यसले प्रधानमन्त्री शाहलाई संवैधानिक नियुक्तिहरूमा सकस पर्ने समेत निश्चित छ……