काठमाडौं— मधेश प्रदेशमा चुलिँदै गएको खानेपानी, सरसफाइ र स्वच्छताको संकटप्रति राष्ट्रिय सभाका सांसदहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन् । बिहीबार बसेको राष्ट्रिय सभा अन्तर्गतको ‘विकास, आर्थिक मामिला तथा सुशासन समिति’को बैठकमा सांसदहरूले मधेशका नागरिकले भोग्दै आएको खानेपानीको सास्तीलाई तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । बैठकमा मधेश प्रदेशको खानेपानी तथा सरसफाइ सम्बन्धी अध्ययन प्रतिवेदनमाथि छलफल गर्दै सांसदहरूले सरकारको सुस्त कार्यसम्पादन र बजेट कार्यान्वयनको कमजोरीमाथि प्रश्न उठाए । नेपाली कांग्रेसकी सांसद एवं राष्ट्रिय सभा संसदीय दलकी नेता कमलादेवी पन्तले सरकारी तथ्याङ्क र यथार्थबीच ठूलो खाडल रहेको बताइन् । उनले ९५ प्रतिशत नागरिकमा खानेपानी पुगेको दाबी गरिए पनि वास्तवमा २४ प्रतिशतले मात्र स्वच्छ पानी पाइरहेको उल्लेख गर्दै शतप्रतिशत नागरिकलाई सुरक्षित पानी पु¥याउन सरकार गम्भीर हुनुपर्नेमा जोड दिइन् ।
देश


प्रतिक्रिया