मौसम

आज र भोलि भारी वर्षाको सम्भावना, डुबान र बाढीपहिरोको जोखिम

योहो संवाददाता

काठमाडौं— मौसमविदहरुले आज र भोलि मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको बताएका छन् । भारी वर्षका कारण डुबान, बाढी र पहिरोको जोखिम रहेको भन्दै सचेत रहन आग्रह गरिएको छ । अधिकारीहरूले जोखिमयुक्त सडकमा रातिमा यात्रा नगर्न सुझाव दिएका छन् ।

मौसमविदहरुका अनुसार आज रातिदेखि वर्षाको मात्रा र क्षेत्र बढ्दै जाने पूर्वानुमान छ । भोलि अझ ठुलो वर्षा हुने सम्भावना छ । काठमाडौं उपत्यकालगायत वरिपरिका क्षेत्रमा पनि आज बेलुकी र राति ठूलो वर्षाको सम्भावना छ । काठमाडौं उपत्यका र आसपासका भूभागका साथै पूर्वी क्षेत्रको प्रायः सबै भू–भागमा वर्षा गराउने प्रणाली सक्रिय भएको छ ।

भोलि र पर्सि पनि पूर्व मेचीदेखि पश्चिम त्रिशूली–कालिगण्डकीसम्म वर्षाको पूर्वानुमान गरिएको छ । वर्षाका कारण साना खोला खोल्सीहरुमा आकस्मिक बाढी आउने, पहाडी क्षेत्रमा पहिरो जानसक्ने र बाटो अवरुद्ध हुनसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ ।