Breaking

देशभर बालेनको डोजर, सरकारी जमिन हडप्ने भागे, सुकुमवासी पालमुनि, कहिले पाउँछन् घर ? (भिडियोसहित)

योहो संवाददाता

कठमाडौं— ठिक एक महिनाअघि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेतृत्वमा गठन भएको सरकारले मुलुकको प्रशासनिक, राजनीतिक र सेवा प्रवाहको क्षेत्रमा आमूल परिवर्तन गर्ने भन्दै शासकीय सुधारका एक सय कार्यसूची सार्वजनिक गरेको थियो । जसमा ‘क’ देखि ‘ठ’ सम्म गरी जम्मा १२ वटा शीर्षकमा ५ दिनदेखि एक हजार दिनसम्मको अवधि तोकेर कार्ययोजनाहरू प्रस्तुत गरिएको छ । सोही कार्यसूचीको ११ औं बुँदा ‘ट’ मा कृषि, भूमि, पूर्वाधार र आधारभूत सेवाको विषय उल्लेख छ । जसलाई आधार मानेर सरकारले अहिले देशैभरका अतिक्रमित जग्गा फिर्ता ल्याउन सक्रियता देखाएको छ……