काठमाडौं— अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको युद्धविरामलाई लम्ब्याउने घोषणा गरेका छन् । तेहरानले युद्ध अन्त्यका लागि आफ्ना सर्तसहितको पछिल्लो प्रस्ताव पेस नगरेसम्म र वार्ता निष्कर्षमा नपुगेसम्मका लागि यो युद्धविराम थपिएको हो । ट्रम्पले कूटनीतिको ढोका खुल्ला राखे पनि इरानमाथिको अमेरिकी नौसैनिक नाकाबन्दी भने जारी रहने स्पष्ट पारेका छन् । यद्यपि, इरानले अमेरिकी नाकाबन्दीलाई युद्धविरामको ठाडो उल्लङ्घन र युद्धको कार्य भन्दै धम्कीको छायामा वार्ता नगर्ने अडान लिएको छ । इरानी अधिकारीहरूले यो युद्धविराम विस्तारलाई सैन्य विस्तारका लागि समय जुटाउने अमेरिकी चाल हुन सक्ने आशङ्का व्यक्त गरेका छन् । इरानी विदेशमन्त्री अब्बास अराघचीले धम्कीको छायामा वार्ता हुन नसक्ने स्पष्ट पारेका छन् । यदि छिमेकी खाडी मुलुकका भूमिबाट इरानमाथि आक्रमण भएमा तेल उत्पादन केन्द्रहरूलाई निशाना बनाउने चेतावनी समेत इरानले दिएको छ । अमेरिकाले युद्धबाट केही पनि हासिल गर्न नसक्ने इरानको दाबी छ । इरान र अमेरिकाबीचको जारी तनावका कारण विगत सात हप्तादेखि यो जलमार्ग ठप्प छ । इरानले फेब्रुअरी २८ देखि यो मार्ग बन्द गरेको थियो भने अप्रिल १३ देखि अमेरिकाले इरानी बन्दरगाहहरूमा नौसैनिक नाकाबन्दी सुरु गरेको छ । यता, युद्धविरामको चर्चा भइरहँदा होर्मुज जलसन्धिमा हिंसात्मक गतिविधि रोकिएका छैनन् …….
अन्तराष्ट्रिय


प्रतिक्रिया