काठमाडौं— नेपालको लोकतान्त्रिक आन्दोलन र राजनीतिक परिवर्तनको साक्षी खुलामञ्च अन्ततः खुला भएको छ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले खुलामञ्चको फलामे गेटमा लागेको ताला खोलेर यसलाई सर्वसाधारणका लागि खुला गरेकी हुन् । करिब एक दशकको ‘बन्दी’ पछि खुला भएको पहिलो दिन खुलामञ्चमा योग, ध्यान र ध्वनि उपचार (साउन्ड हिलिङ) जस्ता कार्यक्रम आयोजना गरियो । महानगरले पुनर्निर्माण र सौन्दर्यीकरण गरी विश्व ध्यान दिवसको अवसरमा सर्वसाधारण, युवा र विद्यार्थीका लागि यो क्षेत्र खुला गरेको हो । अब यहाँ नागरिकले स्वतन्त्र रूपमा आवतजावत र व्यायाम गर्न सक्नेछन् ….
देश


प्रतिक्रिया