अपराध

खुश्बु र झाँक्री साइबर ब्युरो धाउँदै, रास्वपा समर्थकले आच्छुआच्छु पारे, अमिशा जस्ता धेरै पीडित भए (भिडियोसहित)


काठमाडौं— नेपालमा सामाजिक सञ्जालको सहज पहुँच र बढ्दो प्रयोगले नागरिकहरूमा सकारात्मकताभन्दा बढी नकारात्मकता फैलाइरहेको पाइन्छ । जसका कारण आवेग र उत्तेजनामा विभिन्न अपराधका घटनाहरू पनि बढ्दै गइरहेका छन् । यसको व्यापकता यतिसम्म बढेको छ कि सञ्जालमा फरक विचार राख्नु वा कसैको विरोध गर्नु अपराध गरे सरह हुन थालेको छ । जसको सिकार सबैभन्दा बढी महिलाहरू भइरहेका छन् । यसले सामाजिक सञ्जाल महिलाका निम्ति असुरक्षित र ‘असामाजिक’ सञ्जाल बनिरहेको छ । बालिकादेखि वयस्क उमेरसम्मका महिलाहरू कुनै न कुनै रूपमा साइबर बुलिङ र चरित्र हत्या जस्ता घटनाको सिकार बनिरहेका छन् । पछिल्लो समय नायिकादेखि नेतृहरूसम्म साइबर बुलिङ, चरित्र हत्या र दुष्प्रचार विरुद्ध साइबर ब्युरोमा उजुरी दिन पुगेका छन् । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्री, पद्मा अर्याल, एमालेको पक्षमा बोलेकै कारण सञ्जालका दुर्जनहरूको सिकार बनेकी अमिशा पराजुली र राप्रपा नेतृ खुश्बु ओलीले समेत साइबर ब्युरोमा उजुरी दिएका छन् । यसले नेपालमा बढिरहेको साइबर अपराध र बुलिङले समाजको नैतिक धरातल र बौद्धिकतामाथि नै गम्भीर प्रश्न उठाएको छ । केही दिनअघि मात्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ पर्दा एमाले कार्यकर्ताहरूसँगै सडकमा उत्रिएकी २० वर्षीया अमिशा पराजुली साइबर हिंसाको सिकार बनिन् ……