देश

बालेनको नयाँ खाका, सैन्य गठबन्धनको हट्यो त्रास, राजावादीदेखि कांग्रेस–एमालेसम्मै समेट्ने प्रस्ताव (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं— सरकारले गत चैत १३ गते जारी गरेको ‘शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची’ को बुँदा नं. ३ लाई आधार बनाएर राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा सार्वजनिक गरेको छ । राजनीतिक दलहरूबीच साझा स्वामित्व स्थापित गर्ने उद्देश्यले ल्याइएको यस दस्ताबेजलाई आगामी आर्थिक वर्ष २०८३÷८४ र त्यसपछिका वार्षिक नीति, कार्यक्रम तथा बजेटमा समावेश गरी कार्यान्वयन गरिने सरकारको लक्ष्य छ । यसको अन्तरनिकाय समन्वय र अनुगमनको जिम्मेवारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई दिइएको छ । १८ बुँदामा समेटिएको यस राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदाका मुख्य विषयहरू बुँदागत रूपमा हेरौँ…….