काठमाडौं— नेपाली राजनीतिको इतिहासलाई फर्केर हेर्दा हरेक ठुलो परिवर्तनपछि नयाँ शक्तिको उदय भएको पाइन्छ । राणा शासनको अन्त्यपछि नेपाली काङ्ग्रेस नयाँ शक्तिका रूपमा आयो । राजा महेन्द्रको ‘कू’ पछि पञ्चायती व्यवस्था शक्तिमा रह्यो । जनयुद्धपछि नेकपा माओवादीले आफूलाई स्थापित ग¥यो भने अहिलेको ‘जेनजी’ आन्दोलनपछि राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसमा पनि बालेन्द्र शाह बलियो शक्तिका रूपमा खडा भएका छन् । त्यसो त रास्वपा र बालेनलाई असफल हुने कुनै हालतमा छुट छैन । यद्यपि, आपसी खिचातानी र भूराजनीतिक स्वार्थमा गिजोलिने नेपाली राजनीतिमा यदि रास्वपा पनि असफल भयो भने मुलुकले पक्कै अर्को एउटा नयाँ ‘मियो’ रोज्नेछ । वर्तमान परिस्थितिलाई नियाल्दा त्यो विकल्पका रूपमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) नै देखिन्छन् । हर्कले उग्र राष्ट्रवादको नारा लगाउने कम्युनिस्टहरूबाट त्यो एजेण्डा खोसेर राष्ट्रवादलाई आफ्नो मुख्य हतियार बनाएका छन् । एमसीसी जस्ता विदेशी सहयोग र ऋणलाई सिधै अस्वीकार गर्ने नीति लिएका हर्कले विकासका लागि ‘स्वदेशी मोडेल’ अपनाएर जनमानसको ध्यान आफूतिर खिच्न सफल भएका छन् । श्रमदानबाटै समृद्धि सम्भव देखेका हर्कले विदेशी सिद्धान्तभन्दा आफ्नै मौलिक ‘वाद’ लाई अवलम्बन गरिरहेका छन् ।
Breaking


प्रतिक्रिया